Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २७, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका जय सिंह धामी भैंसी पालन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन्। २०७२ सालदेखि निरन्तर यस कार्यमा लागेका उनी कञ्चनपुरकै सफल र उदाहरणीय कृषक हुन्।

व्यवसायिक भैंसी पालन गर्दै आइरहेका उनी दैनिक आफ्नो फार्मकै काममा व्यस्त भेटिन्छन्। विगतमा बंगुर पालन पनि गरेका उनले स्वाइन फ्लु भएर एकै रातमा २५ वटा बंगुर मरेपछि झण्डै ४ लाख घाटा खाएका थिए। तर त्यसपछि उनले हिम्मत हारेनन् र भैंसी पालन तिर लागे। अहिले उनी उक्त पेसाबाट सन्तुष्टिको जीवन बिताइरहेका छन्।

अहिले उनीसँग ९ वटा भैंसी र ३ वटा पाडा रहेका छन्। त्यस्तै एउटा गाई र एउटा बाच्छि समेत पालेका छन्। उनी फार्मबाट दैनिक ३० देखि ३५ लिटर दूध बेच्ने गर्छन्, जसबाट दैनिक ८ देखि १० हजार रुपैयाँ बराबरको दूध बिक्री हुने गरेको छ। यो कमाइको आधा रकम गाईभैँसीको दाना र चोकरका लागि छुट्याउँदा पनि आधा रकम मुनाफा हुने गरेको उनी बताउँछन्।

युवाहरू विदेशिने क्रम दिनानुदिन बढिरहेको बेला आफ्नो गाउँ ठाउँमा उनले नमूना रूपमा भैंसी पालन गरी उदाहरणीय कार्य गरेका छन्। परम्परागत कृषि भन्दा पनि व्यवसायिक रूपमा कृषि गर्नुपर्छ र स्वाभिमानका साथ जीवन जिउनुपर्छ भन्ने उनको मान्यता रहेको छ। उनी भन्छन्, ‘विदेशमा गएर अरुको काम गर्नुभन्दा आफ्नो गाउँठाउँमा केही गरेर सन्तुष्टिको जीवन जिउनुपर्छ।’

उनको एक छोरी, एक छोरा र श्रीमती गरी ४ जनाको परिवार छ। तर उनीमाथि थप पारिवारिक जिम्मेवारी पनि रहेको छ। आफ्ना दाई-भाउजु निधन भएका कारण दाईका ४ जना छोराछोरीलाई पनि उनले नै पालनपोषण र शिक्षादीक्षा दिई हुर्काइ रहेका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट अहिले उनलाई उद्यम विस्तारका लागि अनुदान समेत प्राप्त भएको छ। जस अन्तर्गत उनले आफ्नो व्यावसायिक भैंसी पालनलाई थप सुदृढ र आधुनिक बनाउन व्यवस्थित गोठ निर्माण गरेका छन् त्यस्तै च्यापकटर लगायतका अन्य सामग्री समेत प्रदान गरिएको छ।

उक्त गोठ निर्माणमा आधा लगानी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको र आधा लगानी उनको आफ्नै रहेको छ।दैनिक रूपमा आफ्नै माटोमा पसिना बगाइरहेका जय सिंहको यो व्यावसायिक यात्राले विदेश जान चाहने र गाउँमै केही गर्न खोज्ने अन्य युवाहरूलाई पनि ठूलो प्रेरणा दिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व