Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम र कर्णालीको यात्रामा ‘कथा घेरा’ टिम, महेन्द्रनगरमा मञ्चन

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १३, २०८२
सुदूरपश्चिम र कर्णालीको यात्रामा ‘कथा घेरा’ टिम, महेन्द्रनगरमा मञ्चन
0
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कौशी थिएटर अर्थात् ‘कथा घेरा’ टिम यतिबेला घुम्ती सडक नाटक ‘बाटैबाटो’ लिएर सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रामा निस्किएको छ। सोही अभियानअन्तर्गत शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारक चोकमा नाटक मञ्चन गरिएको छ।

१० दिन १० स्थानमा नाटक मञ्चन गर्ने लक्ष्यसहित निस्किएको टोलीले हिजो कैलालीको धनगढीमा पहिलो प्रस्तुति दिएको थियो। टोली अब १५ गते डोटीको जोरायल, १७ गते डडेल्धुराको अमरगढी र २० गते अछामको मंगलसेन पुग्ने कार्यक्रम रहेको छ।

नाटकले महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको कथा घेरा थिएटरकी निर्देशक आकाङ्क्षा कार्कीले बताउनुभयो। महिलालाई घरभित्र सीमित राख्ने परम्परागत सोच अझै पनि विद्यमान रहेको चर्चा गर्दै नाटकले यस्ता सामाजिक धारणा र पूर्वाग्रहलाई चुनौती दिने उहाँले बताउनुभयो। महिलाले घर र पेसागत जीवन दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न नाटक सफल हुने उहाँले बताउनुभयो। त्यस्तै, परिवार, समुदाय र समाजका सदस्यहरूले महिलालाई आर्थिक गतिविधिमा सहभागी हुन प्रोत्साहन र समर्थन गर्नुपर्ने आवश्यकतालाई नाटकले उजागर गर्ने उहाँले बताउनुभयो।

झन्डै एक महिनाको तयारीपछि मञ्चन गरिएको यो नाटक ‘GRAPE 2 (Green Resilient Agricultural-Centred Private Sector Economic Development)’ परियोजना अन्तर्गत आयोजना गरिएको हो।

सुदूरपश्चिमको यात्रापछि टोली कर्णाली प्रदेशका जिल्लाहरूमा केन्द्रित हुनेछ। तालिका अनुसार २२ गते दैलेखको दुल्लु, २४ गते नारायण, २६ गते सुर्खेतको वीरेन्द्रनगर, २८ गते भेरीगङ्गा र ३० गते सल्यानको सल्लीबजारमा नाटक देखाइनेछ।

नाटकमा वेनिशा आचार्य, नेबिका सिलधर, सेविता अधिकारी, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री र रोबित मुनि तुलाधर गरी ८ जना कलाकार र संगीतकर्मीहरूको सहभागिता छ। भ्रमण टोलीमा निर्देशक सुदाम छात्कुली र लुनिभा तुलाधर समेत सहभागी छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व