Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा नगर प्रहरीका लागि ५ दिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १०, २०८२
वेदकोटमा नगर प्रहरीका लागि ५ दिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम सुरु
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगर प्रहरीहरूका लागि ५ दिने ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत नगरपालिकाका नगर प्रहरीहरूलाई दक्ष बनाउने उद्देश्यले यो तालिम प्रदान गरिन् लागिएको हो।

तालिमको उद्घाटन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपद्को समयमा पहिलो रेस्पोन्डरको रूपमा खटिने नगर प्रहरीको क्षमता अभिवृद्धि हुनु नगरपालिकाका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता व्यवहारिक तालिमले विपद्का बेला हुने जनधनको क्षति कम गर्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

एनएनएसडब्लुएका वातावरणविद् भोजराज भट्टले ५ दिनसम्म चल्ने यस सत्रमा विपद् व्यवस्थापनका विविध आयामहरू समेटिएको बताउनुभयो। उहाँका अनुसार सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरणको अवधारणा, सुदूरपश्चिममा विद्यमान विपद्का प्रकार र संकटको समयमा मानवीय सिद्धान्त, नैतिकता एवं जवाफदेहिताका विषयमा विस्तृत प्रशिक्षण दिइनेछ।

त्यस्तै संकट व्यवस्थापन, नेतृत्व विकास, र भीड नियन्त्रणका साथै मानवीय सहायताका सिद्धान्तहरूबारे समेत प्रशिक्षण दिइनेछ। तालिममा विशेषगरी सर्पको सुरक्षित उद्धार, सर्पदंशको व्यवस्थापन, अग्नि नियन्त्रण, र बाढीमा गरिने खोज तथा उद्धार का लागि मोटरबोट सञ्चालनको व्यवहारिक अभ्यास समेत गराइने वातावरणविद् भट्टले जानकारी दिनुभयो। यसका अतिरिक्त नगर प्रहरीहरूलाई लागुऔषध नियन्त्रण, अपराधका प्रवृत्ति, र विपद्को समयमा फैलिने भ्रामक सूचना लाई पहचान गरी नियन्त्रण गर्ने तरिकाहरूबारे समेत अभ्यस्त बनाइने लक्ष्य राखिएको छ।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले नगर प्रहरीलाई साधनस्रोत र सीपले सम्पन्न बनाउँदा स्थानीय तहको विपद् प्रतिकार्य क्षमता मजबुत हुने बताउनुभयो। उहाँले विपद्को समयमा समुदायमा सबैभन्दा पहिला पुग्ने शक्ति नै नगर प्रहरी भएकाले उनीहरूको आत्मबल बढाउन र कार्यकुशलता थप्न यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिमपश्चात् नगर प्रहरीहरूले फिल्डमा आइपर्ने जुनसुकै चुनौतीको सामना गर्दै नागरिकको जीउधनको सुरक्षामा थप प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्ने उहाँले बताउनुभयो।

उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले सञ्चालन गर्नुभएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

अशोज २८, २०८३
राष्ट्रिय हित जोगाउने योजना माग्दै सांसदले गरे प्रस्तावित राजदूतसँग प्रश्न

राष्ट्रिय हित जोगाउने योजना माग्दै सांसदले गरे प्रस्तावित राजदूतसँग प्रश्न

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व