Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १, आईतवार १२:४२
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कल्पना गर्नुस् त, चुनावपछिको पहिलो संसद् बैठक ! रास्वपाका धेरै सांसदहरू कक्षाको पहिलो विद्यार्थी झैँ फुरफुर हुँदै अगाडिको बेञ्च ओगटेर बसेका । कोही मोबाइल निकालेर सेल्फी खिच्दै, कोही छेउको साथीलाई जिस्काउँदै, कोही कुर्सी घुमाउँदै ।

हर्क साम्पाङ र उनका सांसदहरू उत्साहका साथ अघिल्तिर हेरिरहेका । अनि कांग्रेस, एमाले, नेकपा र राप्रपाका सांसदहरू चुपचाप पछिल्तिर बेञ्चमा बसेका ।

संसद्को सबैभन्दा जेठो सदस्यको हैसियतले महावीर पुनले बैठक सञ्चालन गर्न थाले ।

महावीर पुन : भाग्य त मैले पो लिएर आएको रैछु । मन्त्रीबाट सांसद भएँ, सांसदबाट फेरि सभामुख । ल है माननीयज्यूहरू बस्न मन लाग्ने बस्नुस्, उठ्न मन लाग्ने उठ्नुस् । तर हल्ला चाहिँ नगर्नुस् है । यो संसद् हो, मेलापात होइन ।

अगाडिको बेञ्चमा बसेका केही सांसद हाँस्न थाले ।

एक सांसद : सभामुखज्यू, सेल्फी खिच्न पाइन्छ कि नाइँ ?

महावीर पुन : मलाई सभामुखज्यू भनिरहनु पर्दैन । ए सभामुख मात्रै भने नि हुन्छ । अँ सेल्फी ? संसदमा ? खिच्नुस् खिच्नुस्न् । अलि छिटो, पालैपालो गर्नुस् । तर सेल्फीमा फिल्टर चाहिँ नलगाउनुस् । देशको अवस्था जस्तो छ, त्यस्तै देखिनुपर्छ ।

अघिल्लो बेञ्चमा चुपचाप बसिरहेका बालेन शाहले हातको इशाराले सबैलाई बस्न भने ।

अगाडिका सांसदहरू अलमल परे ।

एक सांसद : उहाँले के भन्नुभयो रु बस्न भन्नुभयो कि नाच्न ?

अर्को सांसद : मलाई त डान्स गर्ने इशारा जस्तो लाग्यो ।

तेस्रो : हैन होला, संसदमा डान्स कसरी ?

त्यत्तिकैमा रवि लामिछाने उठे ।

रवि : उहाँले बस्न भन्नुभएको हो ।

त्यसपछि सबै चुपचाप बसे ।

एक सांसद : सभामुखज्यू, हाम्रो संसद् बैठकले के गर्छ त ?

महावीर पुन : म भगवान् हो र अहिले नै यो यो गर्छ भन्नलाई । केही न केही होला त । ल आज चाहिँ पहिलो बैठक भएकाले गर्नुपर्ने कुरा केही छैन । साह्रै बोर भयो । यहाँ गाउने, नाच्ने पनि हुनुहुन्छ क्यारे । म त चिन्दिनँ । लौ, एकछिन गीत गाउनुस् न ।

अगाडिको बेञ्चमा हल्ला मच्चियो ।

एक सांसद : कुन गीत गाउने रु चुनावी गीत कि प्रेम गीत ?

अर्को सांसद : जनता तिमी महान् भन्ने गाऊँ कि ?

तेस्रो सांसद : हैन, हामी जित्यौँ भन्ने गाऊँ ।

पछाडिबाट कांग्रेस र एमालेका सांसद बिस्तारै बोले स् हामीलाई त ‘हामी हार्‍यौँ’ भन्ने गीत गाउन मन लाग्यो ।

सबै हाँस्न थाले ।

केही समयपछि महावीर पुन फेरि बोले स् सधैँ सभामुख भइरहन पाइने हैन होला । अहिलेलाई पो सबैभन्दा बुढो भनेर जिम्मेवारी दिए । अब जोसुकैले जेसुकै भनून्, मलाई संसद्को यतै कतै कुनामा खान र सुत्ने व्यवस्था मिलाउनुपर्‍यो ।

त्यत्तिकैमा आशिका तामाङ उठिन् : सुत्न त सुत्नु क्या बाजे । तर जथाभाबी फोहोर गर्न चाहिँ पाइँदैन नि । संसद् पनि सफा हुनुपर्छ ।

सबैले टाउको हल्लाए ।

त्यत्तिकैमा हर्क साम्पाङ उठे : ए गुइँठे हो, खान, बस्न, सुत्न र फोहोर गर्नका लागि पहिले संसद् भवन त हुनुपर्‍यो नि ।

सबै चुप ।

हर्क साम्पाङ : लौ पहिले ढुङ्गा बोकौँ । संसद् भवन बनाऔँ । अनि जे गरे पनि गरौँला ।

एक सांसद : ढुङ्गा बोक्न चाहिँ सकिँदैन है माननीयज्यू । जाने, नजानेको सबै काम चुनाव प्रचारकै बेला गरियो । चुनाव जितेपछि त कानून बनाउने हो! हाम्रो काम कानून पास गर्ने ।

पछाडिको कुनामा बसेका कांग्रेस, एमाले र नेकपाका सांसदहरू कानेखुशी गर्न थाले ।

त्यत्तिकैमा प्रचण्ड कुर्सीबाट उठे : यसरी केटाकेटी खेलेर हुँदैन क्या साथी हो । संसद् र देश चलाउन अनुभव चाहिन्छ ।

अघिल्तिर बसेका नयाँ सांसदहरू हाँस्न थाले ।

प्रचण्ड : मलाई दिनुस् जिम्मा । संसद् र सरकार मात्रै होइन, तपाईंहरूको पार्टी पनि मैले नै चलाउनुपर्ने अवस्था देख्न थालेँ मैले त ।

अगाडिको बेञ्चमा फेरि हाँसो गुञ्जियो ।

रवि लामिछाने उठे : काम्रेड, तपाईंले चलाएको पार्टी सबैले देखिसके । हाम्रो पार्टी हामी नै चलाऔँला, तै पनि यति धेरै फिक्री गर्नुभो, धन्यवाद छ!

प्रचण्ड : खै के गर्नुहुन्छ त तपाईंहरूले रु धन्यवाद भनेर पार्टी चल्दैन क्या ।

रवि : झन्डै दुईतिहाइको बल छ, जे पनि गर्न सक्छौँ । अब चुनावमा वाचा गरेका सबै कुरा पूरा हुन्छ । एक–एकको हिसाब हुन्छ ।

त्यत्तिकैमा राप्रपाका ज्ञानेन्द्र शाही उठे : दुईतिहाइको बल छ भन्दैमा धेरै ताउरमाउर नगर साथी हो । पहिले पनि हेरेकै हो यस्ता दुईतिहाइ ।

सभामुख : कृपया शान्त हुनुहोस् । यो संसद् बैठक हो, कमेडी शो होइन ।

हर्क साम्पाङ : कमेडी शो भए टिकट बेचेर राजस्व पनि उठ्थ्यो ।

महावीर पुन : अनि त्यही पैसाले अनुसन्धान पनि हुन्थ्यो ।

आशिका तामाङ : फोहोर पनि सफा हुन्थ्यो ।

बालेन शाह : (फेरि हातले बस्नुस् भन्ने इशारा)

एक सांसद फेरि सोध्छन् स् अब चाहिँ बस्ने कि नाच्ने ?

सभाभित्र फेरि हाँसो गुञ्जिन्छ ।

महावीर पुनले बैठक समापन गर्दै भन्छन् : ल साथीहरू बस्न मन लागे बस्नुस्, नाच्न मन लागे नाच्नुस् । तपाईंहरू सबै जना अहिले लाइनमा बस्नुस्, मेरो किताब किन्न । म पालैपालो किताब बेच्दै आइपुग्छु । तपाईं सबैले एक/एक वटा किताब किनेपछि आजको बैठक अन्ते गर्न म फेरि सभामुखको कुर्सीमा फर्कौँला!

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट
Uncategorized

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र १, आईतवार १२:४२
वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी
Uncategorized

वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी

२०८२ चैत्र १, आईतवार १२:४२
कञ्चनपुर र कैलालीका तीन ठाउँमा जैविक तटबन्ध निर्माण कार्य तीव्र
Uncategorized

कञ्चनपुर र कैलालीका तीन ठाउँमा जैविक तटबन्ध निर्माण कार्य तीव्र

२०८२ चैत्र १, आईतवार १२:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ चैत्र १, आईतवार १२:४२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ चैत्र १, आईतवार १२:४२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ चैत्र १, आईतवार १२:४२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ चैत्र १, आईतवार १२:४२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ चैत्र १, आईतवार १२:४२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ चैत्र १, आईतवार १२:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व