Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा लागूऔषध प्रयोगकर्ताका लागि फौजदारी मुद्दा र दण्डका विकल्पबारे अभिमुखीकरण सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन २९, २०८२
कञ्चनपुरमा लागूऔषध प्रयोगकर्ताका लागि फौजदारी मुद्दा र दण्डका विकल्पबारे अभिमुखीकरण सम्पन्न
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । रिकभरिङ्ग नेपाल महासंघले कञ्चनपुरमा ‘नेपालमा लागूऔषध प्रयोगकर्ताहरूलाई फौजदारी मुद्दा/दण्डका विकल्पहरू’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

रिकभरिङ्ग नेपालले एच.आई.भी. र हेपाटाइटिस सी बाट संक्रमित व्यक्तिहरू, लागूऔषध प्रयोगकर्ताहरू र समाजमा सीमान्तकृत अवस्थामा रहेका पीडितहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएको छ। संस्थाले उनीहरूमाथि हुने विभेद अन्त्य गर्दै आधारभूत मानव अधिकारको सुनिश्चितता र प्रभावकारी उपचारमा पहुँच पुर्‍याउन देशभर वकालत र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सोही अभियान अन्तर्गत कञ्चनपुरमा यो कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक जिल्ला अधिकारी मोहनचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रिकभरिङ्ग नेपालका प्रतिनिधि नवराज पाण्डेले कार्यक्रमको अवधारणा र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा लागूऔषध प्रयोगकर्ताहरूलाई कानुनी दण्ड मात्र नदिएर सुधारका अन्य विकल्पहरूका बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता कपिल कोइराला, जिल्ला बार एसोसिएसन कञ्चनपुरका अध्यक्ष अधिवक्ता नरेन्द्र सिंह र पूर्व अध्यक्ष अधिवक्ता कृष्णदेव जोशीको उपस्थिति रहेको थियो। त्यसैगरी, महाकाली प्रादेशिक अस्पतालका डा. योगेश भट्ट र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा सहभागीहरूले विद्यमान कानुन, नीति-नियम र यसका व्यवहारिक चुनौतीहरूको बारेमा गहन छलफल गरेका थिए। सहभागी सरोकारवालाहरूले लागूऔषधको समस्या समाधानका लागि कानुनी उपचारसँगै मानवीय र सुधारात्मक पक्षलाई जोड दिनुपर्ने भन्दै आ-आफ्नो राय, सल्लाह र सुझावहरू समेत प्रस्तुत गरेका थिए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व