Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समानुपातिकतर्फको मतगणनामा अन्तिमतर्फ, कसरी हुन्छ सिट बाँडफाँट ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २६, २०८२
समानुपातिकतर्फको मतगणनामा अन्तिमतर्फ, कसरी हुन्छ सिट बाँडफाँट ?
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपा समानुपातिकतर्फको जारी मतगणनामा पनि निकै अघि रहेको छ । सोमबार साँझसम्म रास्वपाले कुल सदर मतको झन्डै आधा अर्थात् ४८ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

अघिल्लो संसद्का ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लगायतका दलको उपस्थिति यस पटक प्रतिनिधिसभामा निकै कमजोर देखिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात् प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ रास्वपाले दुई तिहाइभन्दा बढी सिट हासिल गरेको छ भने समानुपातिकतर्फ पनि बहुमत सिटको हाराहारीमा पुगेको छ ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढीमा १८ सिट, एमालेले नौ सिट र नेपाल कम्युनिष्ट पार्टीले सात सिट जितेका छन् । श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन् ।

कुल एक करोड नौ लाख मत खसेकोमा सोमबार साँझसम्म करिब एक करोड मत गणना भइसकेको छ । समानुपातिकतर्फको जारी गणनाअनुसार रास्वपाबाहेक नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनअनुसारको थ्रेसहोल्ड कटाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० ९११० अनुसार कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक प्रणालीतर्फ सिट पाउने व्यवस्था छ । राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने प्रावधान छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने र तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ ।

कसरी हुन्छ सिट बाँडफाँट रु
समानुपातिक प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलको मत भने सिट गणनामा समावेश हुँदैन । सोही आधारमा सिटका लागि न्यूनतम मत तय गरिन्छ ।

दलहरूले प्राप्त मतलाई उपलब्ध सिट सङ्ख्याका आधारमा भाग गरी सिट निर्धारण गर्ने व्यवस्था समानुपातिक निर्वाचन निर्देशिकामा गरिएको छ । सिट निर्धारण गर्दा सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले सिट निर्धारण भएपछि राजनीतिक दललाई समावेशी समूह मिलाएर उम्मेदवारको सूची पेस गर्न पत्राचार गर्नेछ । दलहरूले दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची पठाउनुपर्ने व्यवस्था छ । सम्भव भएसम्म पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

यदि सूचीमा त्रुटि भएमा वा समावेशी मापदण्डअनुसार नभएमा आयोगले पुनः सुधारको अवसर दिनेछ । समानुपातिकतर्फ एक सिट पनि प्राप्त नगर्ने दलको धरौटी रकम जफत हुने व्यवस्था रहेको छ भने जफत नहुने अवस्थामा सम्बन्धित दलले तीन महिनाभित्र धरौटी रकम फिर्ता माग गर्न सक्नेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व