Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका प्रतिनिधि सभा उम्मेदवारहरूबीच प्रत्यक्ष संवाद (ककस) सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ४, २०८२
कञ्चनपुरका प्रतिनिधि सभा उम्मेदवारहरूबीच प्रत्यक्ष संवाद (ककस) सम्पन्न
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबीच एक विशेष प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ।

महेन्द्रनगर जेसिजको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सह-आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

निर्वाचनको पूर्वसन्ध्यामा आयोजित उक्त संवादमा उम्मेदवारहरूले आफ्ना चुनावी एजेण्डा, भावी योजना र क्षेत्रको विकासका लागि आफ्नो भिजन प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी नागरिकहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उम्मेदवारहरूले प्रत्यक्ष उत्तर दिँदै आफूलाई मत दिनुपर्ने आधारहरू स्पष्ट पारेका थिए।

कार्यक्रमलाई न्यूज २४ नेपालका चर्चित पत्रकार बीरेन्द्र जैरूले सहजीकरण गर्नुभएको थियो। उहाँको सन्तुलित र तार्किक प्रश्नोत्तर शैलीले कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।

महेन्द्रनगर जेसिजका अध्यक्ष लक्ष्मण पन्तले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मतदाता र उम्मेदवारबीचको दूरी कम गर्न र योग्य प्रतिनिधि छनोटमा सहयोग पुर्‍याउन यस्तो मञ्चको आयोजना गरिएको बताउनुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि उम्मेदवारहरूको प्रतिबद्धता र जनताको खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यसैगरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले विकास र सामाजिक न्यायका मुद्दाहरूमा उम्मेदवारहरूको धारणा बुझ्न यो संवाद महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले निर्वाचित भएर जाने प्रतिनिधिले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिनुभयो।

कार्यक्रमको सञ्चालन महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष कबि अवस्थीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवार, नागरिक समाजका अगुवा र स्थानीय मतदाताहरूको बाक्लो उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व