Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थीलाई आत्मनिर्भर बनाउन ‘मोर्डन फेस्ट’, अभिभावक र पाहुनाहरू मख्ख

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २६, २०८२
विद्यार्थीलाई आत्मनिर्भर बनाउन ‘मोर्डन फेस्ट’, अभिभावक र पाहुनाहरू मख्ख
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीमा रहेको महाकाली मोर्डन पब्लिक सेकेन्डरी स्कुलले ‘मोर्डन फेस्ट’ सम्पन्न गरेको छ। विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस फेस्टमा यसवर्ष पनि विद्यार्थीहरूले बहुआयामिक कला र सीपको प्रदर्शन गरेका छन्।

फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका मौलिक खानेकुराका परिकार, सुदूरपश्चिमको कला-संस्कृति झल्काउने नृत्य तथा संगीत प्रस्तुत गरिएको थियो। यसका साथै साहित्य, संस्कृति, खेलकुद र विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले तयार पारेका विभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले विद्यालयले आयोजना गरेको यस किसिमको रचनात्मक कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताउनुभयो। उहाँले किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई प्रयोगात्मक र व्यवहारिक सीपमा अभ्यस्त गराउनु वर्तमान शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो।

आफ्ना नानी बाबुहरूले बनाएका स्वादिष्ट परिकारको स्वाद लिँदै र उनीहरूले तयार पारेका विज्ञानका नयाँ आविष्कारहरूको अवलोकन गर्दै अभिभावकहरूले विद्यार्थीको मेहेनत र क्षमताको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

विद्यालयका प्रधानाध्यापक दिजराज भट्टले विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा लागू गराउने तथा उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले फेस्टको आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन र उनीहरूलाई सिर्जनशील कार्यमा उत्साहित गर्न हामीले हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ।”

विद्यालयको यस प्रयासले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै स्थानीय कला र प्रविधिप्रतिको चासो समेत वृद्धि भएको पाइएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
बुढीगण्डकी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व