Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा छैठौँ नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २५, २०८२
वेदकोटमा छैठौँ नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कञ्चनपुरको वेदकोट नगरपालिकामा छैठौँ वेदकोट नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता साथै प्रथम आधारभूत तह नगरस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता वेदकोट नगरपालिका–६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको छ।

प्रतियोगितामा नगरपालिकाभित्र रहेका ३४ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी रहेका छन्। विद्यार्थीहरूबीच विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा हुँदै खेल प्रतिभा छनोट गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका खेलकुद समिति अध्यक्ष प्रजापति भट्ट सभाध्यक्ष रहनु भएको थियो भने नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिमा नगर उपप्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, जिल्ला खेलकुद समिति अध्यक्ष कुवेर खड्का, ओलम्पियन डम्बर दत्त भट्ट लगायत रहेका थिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण बोगटीले राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता दोस्रो पटक आफ्नै विद्यालयमा आयोजना हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यस वर्षदेखि आधारभूत तहलाई पनि समेटेर प्रतियोगिता आयोजना गरिएको र विगतको अनुभवका आधारमा खेल मैदान विस्तार तथा व्यवस्थापन गरिएको बताउनुभयो।

वेदकोटका नगर प्रमुख भोजराज बोहराले खेलकुदले शैक्षिक विकाससँगै राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने बताउनुभयो। उहाँले वेदकोट नगरपालिका पछिल्लो समय खेलकुदमय वातावरणमा परिणत भएको उल्लेख गर्दै उप–मेयर कप भलिबल प्रतियोगिताबाट सुरु भएको खेलकुद महोत्सवलाई सबैले रमाएर सफल बनाउन आग्रह गर्नुभयो।

नगर उपप्रमुख तुलसी जोशीले राष्ट्रपति रनिङ शिल्ड देशको गौरवसँग जोडिएको खेलकुद कार्यक्रम भएको उल्लेख गर्दै खेलमार्फत विद्यार्थीहरूले आफ्नो आत्मबल र आत्मविश्वास बढाउने अवसर पाउने बताउनुभयो। उहाँले विशेष गरी बालबालिका र किशोर–किशोरीको समग्र विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

त्यस्तै, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले यस्ता प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले भविष्यमा जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खेलकुदलाई निरन्तरता दिन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

वेदकोट नगरपालिकाका खेलकुद समिति अध्यक्ष प्रजापति भट्टले नगरस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रपति रनिङ शिल्डमार्फत उच्च तहसम्म पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

मार्चपास प्रतियोगिताअन्तर्गत आधारभूत तहमा प्रथम स्थान शिद्धनाथ आधारभूत विद्यालय, द्वितीय नवदुर्गा आधारभूत विद्यालय र तृतीय लिटिल एन्जल एकेडेमीले हासिल गरेका छन्। त्यसैगरी, माध्यमिक तहमा प्रथम क्यासपियन एकेडेमी, द्वितीय वेदान्त विद्या मन्दिर र तृतीय अरनिको इङ्ग्लिस बोर्डिङ स्कुल भएका छन्।

नगरपालिकाले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि टोली तयार गर्ने जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व