Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इन्टरलक–ब्लक तालिमसँगै पटराखल्लामा सुरक्षित र दिगो आवासको आशा

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १४, २०८२
इन्टरलक–ब्लक तालिमसँगै पटराखल्लामा सुरक्षित र दिगो आवासको आशा
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका वडा नं. ३ स्थित पटराखल्लामा समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) कार्यक्रम अन्तर्गत जलवायु मैत्री इन्टरलक–ब्लक मेसिनसहित चार दिने शिपमूलक तालिम सम्पन्न भएको छ।

प्रगतिशील सामुदायिक विपद् व्यवस्थापन समितिलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा आवश्यक मेसिन तथा सामग्री हस्तान्तरणसँगै इन्टरलक–ब्लक उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमबाट स्थानीय समुदायलाई सुरक्षित, सस्तो तथा दिगो आवास निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिमबारे जानकारी दिँदै सीआरसी परियोजना संयोजक महेश घिमिरेले पटराखल्ला क्षेत्र नदी किनारमा रहेको उच्च डुबान जोखिमयुक्त बस्ती भएको उल्लेख गरे। उनका अनुसार बाढीका कारण यहाँका घरहरू वर्षेनी ४ देखि ५ फिटसम्म डुबानमा पर्ने गरेका छन्। अधिकांश घर माटोले बनेका हुँदा भित्ता भत्किने, संरचना कमजोर हुने तथा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहँदै आएको छ। खोलामा सहज रूपमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरी कम लागतमा ठूलो परिमाणमा इन्टरलक–ब्लक उत्पादन गर्न सकिने भएकाले यो तालिम प्रभावकारी र दीर्घकालीन समाधानतर्फ उन्मुख रहेको उनले बताए।

स्थानीय सपना सुनारले उक्त तालिमबाट प्राप्त सीप प्रयोग गरी आफैँ इन्टरलक–ब्लक उत्पादन गरेर आफ्नै घर निर्माण गर्ने सपना बोकेको बताइन्। उनले वर्षेनी बाढीका कारण घर डुबानमा परेर ठूलो सास्ती भोग्दै आएको उल्लेख गर्दै अब भने सुरक्षित, दिगो र बलियो घर बनाउने आशा जागेको बताइन्। तालिमले आफूजस्ता महिलालाई सीपसँगै आत्मविश्वास दिएको र भविष्यमा इन्टरलक–ब्लक उत्पादनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना रहेको पनि उनले सुनाइन्।

वडा अध्यक्ष हरि सिंह धनाडीले तालिमले समुदायलाई आत्मनिर्भर बनाउनुका साथै व्यवसायिक रूपमा समेत अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य हाल उच्च जोखिममा रहेका पटराखल्लाका ३२ घर सुरक्षित रूपमा निर्माण गर्नु रहेको छ। साथै, दीर्घकालीन रूपमा इन्टरलक–ब्लक उत्पादनलाई रोजगारी र आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले जलवायु परिवर्तनका कारण बढ्दो बाढी र डुबान जोखिमलाई न्यूनीकरण गर्न यस्ता व्यवहारिक तथा दिगो कार्यक्रम आवश्यक रहेको बताए। उनले स्थानीय तहले समुदायसँग सहकार्य गर्दै सुरक्षित आवास र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले समुदायमै सीप, प्रविधि र स्रोत हस्तान्तरण गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यस्ता तालिमले विपद् व्यवस्थापनसँगै स्थानीय आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

दोधाराचाँदनी नगरपालिका, क्लाइमेट रेजिलेन्स अलाइन्स, मर्सी कोर नेपाल तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले बाढी जोखिम न्यूनीकरण, सुरक्षित आवास निर्माण तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व