Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १६, आईतवार १४:०९
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष ०८१/८२ को ३५ औं वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायण प्रसाद रेग्मीले शुक्रबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुभयो ।  

प्रदेश प्रमुख भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन नै आम नागरिकको मुख्य चाहना रहेकाले यसको नियन्त्रणमा प्रमुख भूमिका रहेको आयोग अझै सक्षम र प्रभावकारी रहनुपर्नेमा जोड दिनुभयो । ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणका काम चुनौतीपूर्ण छ । मुलुकमा सुशासन स्थापना गर्न, सुशासन प्रणाली बसाउन अख्तियार अझै क्रियाशील रहने विश्वास लिएको छु ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो–  ‘हामी जो जुन पद र जिम्मेवारीमा छौँ, राष्ट्रहितलाई ध्यानमा राखेर काम गर्ने हो भने सुशासन स्थापना हुन्छ । यसका लागि हामी आफ्नो ठाउँबाट आफ्नो अख्तियारीलाई दुरुपयोग नगरी लाग्नुपर्छ ।’

आयोग पोखरा कार्यालय प्रमुख डा. रेग्मीले  नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य आयोगबाट सम्पादन भइरहेको जानकारी गराउनुभयो ।

आयोगको संवैधानिक दायित्वलाई थप प्रभाविकारिताका साथ निर्वाह गर्नका लागि आयोगले आर्थिक वर्ष ०८१/८२ मा पाँचौ रणनीतिक योजना तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि विभिन्न उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति र क्रियाकलापहरु तय गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा आयोगको पोखरा कार्यालयमा दर्ता भएका उजुरी १ हजार २ सय १ वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ५९ वटा गरी कूल १ हजार ३ सय ६० मध्ये १ हजार १ सय ७९ उजुरी स्क्रिनिङ र प्रारम्भिक छानविनबाट फछ्र्यौट भइसकेका छन् । विस्तृत अनुसन्धानतर्फ १ सय १ उजुरी मात्र फछ्र्यौट हुन बाँकी रहेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये  सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिकामा रहेको रेग्मीले बताउनुभयो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १६, आईतवार १४:०९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १६, आईतवार १४:०९
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ कार्तिक १६, आईतवार १४:०९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ कार्तिक १६, आईतवार १४:०९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १६, आईतवार १४:०९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १६, आईतवार १४:०९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १६, आईतवार १४:०९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १६, आईतवार १४:०९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ कार्तिक १६, आईतवार १४:०९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व