Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आँखै अगाडी राष्ट्रपति भवन जल्दा,मैले जे देखें

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २६, २०८२
आँखै अगाडी राष्ट्रपति भवन जल्दा,मैले जे देखें
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

जीवन शुरुवातको ३ दशक पूरा र पत्रकारिता गरिरहेको डेढ दशक हुँदासम्म पनि राष्ट्रपति भवन नछिरेको म पहिलोपटक भदौ २४ गते मंगलबार राष्ट्रपति भवन (शीतल निवास) छिरे ।
पहिलोपटक शीतल निवासको मुख्य गेट प्रवेश गरिरहँदा मेरो मनमा थुप्रै कुराहरु खेलिरहे । मुख्य कुरा थियो राष्ट्रपति भवन छिर्न आन्दोलन र प्रदर्शन मात्रै हुुनुपर्ने रहेछ ।

हुन पनि त्यही भयो । पहिलोपटक छिर्दा आन्दोलन र प्रदर्शनकारीका बीचबाटै छिरे ।जेनजीको आक्रमक शैलीमा रहेको आन्दोलनको स्वरुप शीतलनिवास प्रवेश गर्न खोजीरहेको थियो ।

दिउँसो साढे १ बजेदेखि प्रदर्शनकारी शीतलनिवास घेर्न पुगिसकेका थिए ।नारासंगै अगाडी बढिरहेका उनीहरुसंगै म पनि फोटो,भिडियो खिच्दै संगसंगै हिँडिरहे ।

राष्ट्रपति भवनको ३ नम्बर गेटमा अर्थात पानीपोखरी तर्फको सडकमा नेपाली सेना काँडेतार लगाएर तैनाथ रहेको थियो । प्रदर्शनकारी हतियारसहित रहेको सेनाको डरले अगाडी बढ्न डराइरहेका थिए ।बढुन पनि कसरी शुरुमा प्रदर्शनकारीभन्दा बढी सेना रहेका थिए ।

सेनाले आवातजावत तथा यातायात सञ्चालनमा कडाई गरेको थियो । प्रदर्शनकारीहरु दोःचा मार्ग प्रवेशद्वारमा जम्मा रहेका थिए । सेनाले अगाडी बढ्न दिइरहेको छ कि छैन भनेर प्रदर्शनकारी सर्वसाधारणको भेष धारणा गर्दै नजिक जाँदै थिए ।

यो क्रम र प्रदर्शन करिब डेढ घण्टा चल्यो । बिस्तारै प्रदर्शनकारीको संख्या थपिदै गयो । प्रदर्शनकारी अगाडी बढ्दै गए । सेना ब्याक हुँदै मुख्य गेटमा केन्द्रित हुन थाल्यो ।

मुख्य गेटमा बाक्लो संख्यामा नेपाली सेना रहेकाले प्रदर्शनकारीलाई भित्र प्रवेश गर्न पौने १ घण्टा जति लाग्यो । यो बीचमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरिरहे,सेना आफ्नो सुरक्षित स्थान खोज्न थाल्यो ।

यसक्रममा सेनाले कुनै पनि एक्सन लिएन । बरु आत्मसर्मपण गर्यो ।गेटको छेउको भित्तामा टाँसिएर प्रदर्शनकारीलाई सहजै भित्र जान दियो ।
प्रदर्शनकारी आक्रामक शैलीमा दगुर्दै राष्ट्रपति कार्यालयको भित्र पसेर आगजनी र तोडफोड गर्न थाले ।नेपाली सेना भने मुख्य गेट छोडेर भित्र सुरक्षित स्थानतर्फ लाग्यो ।

अधिकांसको हातमा मोबाइल थिए । उनीहरु आगो लागेको र ढुंगामुढा भइरहेको भिडियो खिच्न ब्यस्त थिए ।राष्ट्रिय झण्डा समातेका प्रदर्शनकारी राष्ट्रपति कार्यालयको माथिल्लो तलामा गएर नेपाल आमाको जय,यो जित कसको नेपालको भन्दै नारा लगाउँदै थिए । संगसंगै आगलागी र ढुंगामुढाले झ्याल ढोका र परिसरमा रहेका अन्य संरचनामा क्षति पुर्याउन थाले ।

तोडफोड र आगजनी चलिरहदाँ प्रदर्शनकारीमध्येका केहीको ध्यान त्यहाँ रहेको सामान कसरी चोर्ने भन्ने मै थियो ।कोही कार्यालय परिसरमा रोपिएका फूलहरु उखेल्न थाले कोही गमला, पंखा,टेबुल,कुर्सीहरु बोकेर बाहिरिरहेका थिए ।
यो दृश्य देख्दा मलाई लाग्यो कि यहाँ चलिरहेको प्रदर्शनको उद्देश्य एउटै छैन् ।

अपरान्ह पौने ४ बजेदेखि सुरु भएको आगजनीमा संलग्नहरु सबै नेपाली भाषा बोलिरहेका थिएनन् । कोही हिन्दी र कोही नबुझिने भाषा बोलिरहेका थिए । यसमध्ये केही मोबाइलबाट भिडियो खिच्दै रमाइरहेका थिए ।

प्रदर्शनको फाइदा उठाउँदै व्यक्तिगत स्वार्थ पूर्ति गर्नेको भीड ठुलो थियो ।जेनजी समूहले भ्रष्टाचार उन्मूलन गर्नुपर्ने मुख्य माग राख्दै आन्दोलित थियो भने आन्दोलनमा संलग्न अधिकांश व्यक्तिगत स्वार्थ पूर्तिका लागि लागिपरेका थिए ।

आगजनी भइरहेकै बेला नेपाली सेनाले शीतल निवास भित्र फसेका प्रदर्शनकारीहरुको उद्धार समेत गर्यो । यसका साथै भित्र ग्याँस सिलिण्डर र विस्फोटक पदार्थ रहेकोले मानवीय क्षति हुने आग्रह गर्दा पनि कसैले मानेनन् ।

भदौ २३ गते सोमबार भएको प्रदर्शन पनि बाहिर घुसपैठका कारण उग्र भएको थियो । सायद सोमबारको प्रदर्शनलाई सुरक्षा निकायले नियन्त्रणमा राख्न सकेको भए यति धेरै धनजनको क्षती हुने थिएन् होला ।
प्रदर्शनले उग्र रुप लिएपछि अकल्पनीय अवस्था आयो ।

दुई दिनमा २० भन्दा बढी युवा तथा सुरक्षाकर्मीको ज्यान गएको छ । देशको मुख्य प्रशासनीक अड्डा सिंहदरबार,सर्वोच्च अदालत, राष्ट्रपति भवन,प्रधानमन्त्री निवास,प्रहरी वृत,मुख्यमन्त्री कार्यालय,विभिन्न सरकारी कार्यालयहरु, राजनीतिक दलका नेताहरुको घर र उनीहरुले सञ्चालन गरेका विभिन्न व्यवशाय प्रयोजनका भवन,मिडिया हाउसलगायतका ठुलो क्षति भएको छ ।

मंगलबारको अत्यधिक बल प्रयोगबाट १९ जनाको ज्यान गएको भोलिपल्ट युवा आन्दोलनकारीहरुको प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । तर राजीनामा दिन प्रधानमन्त्रीले ढिलाई नगरेको भए क्षति कम हुने अनुमान थियो । किनकी प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम हुन आग्रह गर्दै जेनजी आन्दोलनकारीलाई समेत वार्ताका लागि आह्वान गरे ।राष्ट्रपतिसंगै प्रधानसेनापति र आन्दोलनरत पक्ष वार्ता गर्ने तयारीमा रहेका छन् ।

आन्दोलनकारीहरुले कस्ता माग अघि सार्छन् र राष्ट्रपतिले कसरी सम्बोधन गर्न खोज्छन् भन्ने विषय छलफलबाट तय हुन्छ । तर जेनजी भनिएको समूहका आधिकारिक प्रतिनिधिमा विवाद हुँदा ढिलाई भएको छ ।

अकल्पनीय ठुलो जनधन क्षतिपश्चातपछि पनि देशले यतिकै निकास पाउन मुस्किल छ ।अशान्त देश र जलेको राष्ट्र बनाउन सबैले मिल्नुको विकल्प छैन् ।इतिहास नष्ट भएको थाहा नपाउने हामीले नेपालको भविष्यको बारेमा सोच्ने किरु

जय देश जय नेपाल जय पशुपतिनाथ विनोद सिंह विष्ट(सचिवपत्रकार महासंघ बैतडी)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व