काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा रगतको अभाव भएमा तत्काल १११५ नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरेको छ।
आज भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकहरूको उपचारमा रगतको कमी हुन नदिन मन्त्रालयले यो विशेष व्यवस्था गरेको हो।
मन्त्रालयका अनुसार, कुनै पनि अस्पताललाई रगतको आवश्यकता परेमा सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अन्य अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तुरुन्तै पाउन सकिनेछ।
घाइतेहरूको उपचारका लागि रगतको उपलब्धता सुनिश्चित गर्न मन्त्रालयले हेल्लो स्वास्थ्यको निशुल्क कल सेन्टर “१११५” लाई रातभर सञ्चालनमा ल्याउने निर्णय गरेको छ।










Discussion about this post