काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन्।
भेटका क्रममा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्को भूमिका तथा सरकारले अघि सारेका अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, वर्तमान राजनीतिक परिस्थितिका विभिन्न पक्ष र मुलुकको समसामयिक अवस्थाबारे पनि विचारविमर्श भएको बताइएको छ।










Discussion about this post