देशका हिमाली तथा पहाडी क्षेत्रमा आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, बुधबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यता, तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।










Discussion about this post