काठमाडौं । देशका केही प्रदेशमा आज वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहे पनि भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मधेश, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो वर्षाको सम्भावना कम हुँदै जाने र मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ।










Discussion about this post