काठमाण्डौ — आज पनि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।

यस्तै, हिमाली थोरै तथा पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार चितवनदेखि पश्चिम कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसँगै असिनापानी पर्न सक्ने सम्भावना छ। मौसम छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिप्रति सतर्क रहन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आजदेखि शुक्रबारसम्म देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। गएको राति बागमती, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो।










Discussion about this post