काठमाडौं । भोटेकोशी बाढीपहिरो प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालि र फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) आबद्ध व्यवसायीले गरी ८ लाख ८ हजार ८ सय ८८ रुपैयाँ सहयोग गरेका छन्।
रोयल एवान इन्भेस्टमेन्ट प्रालिले सञ्चालक, सेयर सदस्य, कर्मचारी तथा शुभचिन्तकबाट संकलित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) सहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको सचिव राकेश श्रेष्ठले जानकारी दिए।
सचिव श्रेष्ठले बाढीपहिरो प्रभावितको राहत तथा पुनःस्थापनामा व्यवसायीको सानो सहयोगले समेत योगदान पुग्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए।
यसैगरी फास्ट फ्यान आबद्ध व्यवसायीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्। व्यवसायी सदस्य तथा शुभचिन्तकबाट संकलित रकममा संस्थाको तर्फबाट थप गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।
फास्ट फ्यानका अध्यक्ष होमराज श्रेष्ठ, महासचिव राकेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।










Discussion about this post