Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अपर म्याग्दी–१ आयोजनामा सुरुङ ‘ब्रेक थ्रु’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २५, २०८३
अपर म्याग्दी–१ आयोजनामा सुरुङ ‘ब्रेक थ्रु’
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ जोडिने २ हजार ५०६.३९ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि–४ खाम्लास्थित बाँधतर्फ निर्माण भइरहेको ३ हजार २८३.३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ। बाँकी सुरुङ निर्माण पनि केही महिनाभित्र पूरा गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।

आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यलाई तीव्रता दिइएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख केसीले जानकारी दिए।

सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८० चैत १९ मा सम्झौता गरी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो। कम्पनीले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माणको काम सुरु गरेको हो।

हाल आयोजनामा बाँध, सुरुङ तथा विद्युत्गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका कामलाई समेत तीव्र पारिएको छ। बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत पहिरो तथा दुखुखोला र शिवरात्रिखोला सडक पुलमा देखिएका समस्याले आयोजना निर्माणमा समेत असर पुर्‍याएको जनाइएको छ।

आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइनेछ।

मालिका गाउँपालिका–७ भारवाङमा निर्माण हुने विद्युत्गृहबाट उत्पादित विद्युत् करिब १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। पानीलाई विद्युत्गृहसम्म पुर्‍याउन ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। आयोजनाको मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट प्रक्रिया भने अघि बढिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
फ्ल्यास हेडिङ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने
खेलकुद

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व