काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यबारे जानकारी लिनुभएको छ।
राष्ट्रपति पौडेलले जिल्ला विपद् व्यवस्थापन समितिसँग बाढीका कारण जिल्लामा भएको जनधनको क्षति, प्रभावितको अवस्था तथा हाल भइरहेका खोज तथा उद्धार र राहत वितरणका कार्यबारे जानकारी लिनुभएको हो।
सो क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित विपद् व्यवस्थापन समितिका पदाधिकारीले बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका उद्धार, राहत, पुनर्स्थापना र तत्कालीन पुनर्निर्माणका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलमा सञ्चालन गरिएको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो। उहाँले त्यहाँ आश्रय लिइरहेका नुवाकोट र रसुवाका बाढी प्रभावितसँग भेटघाट तथा कुराकानी गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिनुभएको थियो।
राष्ट्रपति पौडेलले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक पहलमा जोड दिनुभएको छ।










Discussion about this post