Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यकाबाहिरै सिलिन्डर भरेर ढुवानी गर्न थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले उपत्यकाका उद्योगका सिलिन्डर बाहिरका उद्योगमा भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ। यस्तै, चितवनको बाबा ग्यासले एक हजार ५०० वटा श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ।

त्यसैगरी, चितवनको साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर पठाएको जनाइएको छ।

गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेस्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउने व्यवस्था मिलाइएको छ।

बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यास तथा लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि काठमाडौं बाहिरका विभिन्न उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्तिमा कमी आएको छैन। बुलेट काठमाडौंसम्म पुर्‍याउन नसकेका उद्योगले बाहिरका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर पठाइरहेकाले तत्काल ग्यास अभाव नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार गएको महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो। उपत्यका र आसपासका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी उपत्यकामा आपूर्ति गरिरहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम
फ्ल्यास हेडिङ

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित
फ्ल्यास हेडिङ

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३
रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन
फ्ल्यास हेडिङ

रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

भदौ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

भदौ १८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

भदौ १८, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३
रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व