काठमाडौँ — आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गएराति देशका अधिकांश स्थानमा वर्षा भए पनि अहिले वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान तथा मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान छ।
ठूलो वर्षा तथा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










Discussion about this post