Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्गको दैजी–बेलडाँडी सडकखण्डको करिब १५ किलोमिटर क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा यात्रु, पर्यटक तथा सुरक्षाकर्मी समस्यामा पर्ने गरेका छन्।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जबाट हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र बेलौरी–कलुवापुर सडक सञ्चालनमा रहे पनि निकुञ्जको बीच भागमा पर्ने दैजी–बेलडाँडी सडकखण्डमा मोबाइल सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ। दैनिक एक हजारभन्दा बढी यात्रु आवतजावत गर्ने यस सडकमा दुर्घटना, सवारीसाधन बिग्रिने वा वन्यजन्तुसँग जम्काभेट हुँदा तत्काल सम्पर्क हुन नसक्दा उद्धार र समन्वयमा कठिनाइ हुने गरेको छ।

यात्रु रुपेश बोहराले मोबाइल नेटवर्क नहुँदा आकस्मिक अवस्थामा सहयोग माग्नसमेत समस्या हुने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले संरक्षण संवेदनशील क्षेत्र भए पनि दैनिक हजारौँ यात्रु र पर्यटकको आवतजावत हुने भएकाले भरपर्दो मोबाइल सञ्चार सेवा अपरिहार्य भइसकेको बताउँदै सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशराज भट्टले समस्याबारे जानकारी प्राप्त भएको बताउँदै स्थलगत अनुगमनपछि आवश्यक विवरण माथिल्लो निकायमा पठाइने बताउनुभयो।

मोबाइल नेटवर्क नहुँदाको असर साउन ४ गते पनि देखिएको थियो। भीमदत्त, वेदकोट र बेलडाँडीका १७ जना च्याउ टिप्न निकुञ्ज प्रवेश गरेपछि सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीयवासी परिचालन गरिनुका साथै ड्रोन र निकुञ्जका नौ वटा पालुवा हात्तीसमेत प्रयोग गरिएको थियो। उनीहरूलाई २६ घण्टापछि सकुशल उद्धार गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर
फ्ल्यास हेडिङ

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने
फ्ल्यास हेडिङ

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने
फ्ल्यास हेडिङ

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व