Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८३
बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर -७ का टेक बहादुर कार्की सुदूरपश्चिम प्रदेश सरकारको “उत्कृष्ट उद्यमी सम्मान” बाट सम्मानित हुनुभएको छ। दोगडाकेदारमा ‘सुदर्शन कृषि तथा लघु उद्यम फर्म’ सञ्चालन गरी स्वदेशमै श्रम तथा स्वरोजगारको माध्यमबाट उद्यमशीलताको प्रवर्द्धन गर्न खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सामाजिक विकास मन्त्रालयले उहाँलाई सम्मानित गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा आयोजित उत्कृष्ट श्रमिक उद्यमी सम्मान पुरस्कार कार्यक्रममा सामाजिक विकास मन्त्री बेल बहादुर राना मगर र राज्यमन्त्री मधु भारतीले उद्यमी कार्कीलाई नगद रु. ५०,००० (अक्षेरुपी पचास हजार) सहित उक्त सम्मान-पत्र प्रदान गर्नुभएको हो।

विगत १० वर्षदेखि उद्यम क्षेत्रमा क्रियाशील कार्कीले सुरुका दिनमा पहाडका किसानहरूले उब्जाएको अचार, मसला र पहाडी दालहरू तराईमा ल्याएर बेच्ने कार्य गर्नुभएको थियो। विगत ८ वर्षदेखि भने उहाँले अचार व्यवसायलाई मुख्य प्राथमिकतामा राख्दै बैतडीको दोगडाकेदार वडा नम्बर -७ रिखालीमा ‘सुदर्शन कृषि तथा लघु उद्यम फर्म’ सञ्चालन गरिरहनुभएको छ। व्यवसाय विस्तार गर्ने क्रममा उहाँले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर -३ बोराडाँडीमा ‘गीता कृषि तथा लघु उद्यम फर्म’ नामको शाखासमेत सञ्चालनमा ल्याउनुभएको छ।

उहाँका फर्महरूबाट आँप, अमला, लप्सी, कागती, तथा चिकन र मटनको स्वादिलो अचार लगायतका विभिन्न परिकारहरू उत्पादन हुँदै आएका छन्। यस व्यवसायको माध्यमबाट कार्की आफैँले मनग्य आम्दानी गरिरहनुभएको मात्र छैन, ७ जना स्थानीयलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गर्नुभएको छ।

व्यावसायिक उत्पादनसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै कार्कीले विभिन्न ठाउँमा अचार बनाउने तालिमसमेत प्रदान गर्दै आउनुभएको छ। उहाँले हालसम्म २५० भन्दा बढी व्यक्तिहरूलाई तालिम दिएर स्वरोजगार बन्न प्रेरित गरिसक्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
कृषि

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
फ्ल्यास हेडिङ

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
बुढीगण्डकी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व