आज देशका अधिकांश भूभागमा मौसम बदली रहने तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार गएराति गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो। पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा धेरै ९७ मिलिमिटर वर्षा मापन गरिएको छ।
आज दिउँसोपछि मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा आकस्मिक बाढीको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।









Discussion about this post