रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन्। गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार दिउँसो १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो।
प्रशासनले बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म निषेधाज्ञा खुकुलो बनाएको थियो। तर परिस्थितिलाई मध्यनजर गर्दै पुनः निषेधाज्ञा लागू गरिएको जनाएको छ।










Discussion about this post