Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ९, शनिबार २१:२२
कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला – प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि दार्चुलाबाट उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले “दार्चुलाको समुन्नति, युवाको नेतृत्व, विश्वासको निरन्तरता” नारासहित विस्तृत प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। प्रतिज्ञा पत्रमा सुशासन स्थापना, भ्रष्टाचार न्यूनीकरण, डिजिटल रूपान्तरण, युवामैत्री राज्य सञ्चालन र समावेशी विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। देशव्यापी रूपमा देखिएको जेन्जी पुस्ताको सचेत आवाजलाई सम्बोधन गर्दै युवालाई केवल मतदाता नभई नीति निर्माणका साझेदारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उम्मेदवारले दार्चुलाबाट बढ्दो वैदेशिक पलायन घटाउँदै सीप, उद्यम र नवप्रवर्तनमार्फत स्थानीय अवसर सिर्जना गर्ने आफ्नो पहिलो दायित्व हुने बताएका छन्। लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्मको ऐतिहासिक यात्रामा नेपाली कांग्रेसको योगदान स्मरण गर्दै “नेपाली कांग्रेस २।०” को अवधारणाअनुसार पुस्तान्तरण र रूपान्तरणसहित परिणाममुखी शासन व्यवस्था स्थापना गर्ने लक्ष्य अघि सारिएको छ।

प्रतिज्ञा पत्रमा दार्चुलालाई हिमाली पर्यटन, धार्मिक–सांस्कृतिक सम्पदा, कृषि, जलस्रोत र सीमापार व्यापारको सम्भावनायुक्त जिल्ला रूपमा उल्लेख गरिएको छ। यद्यपि सडक तथा हवाई पहुँचको अभाव, गुणस्तरीय स्वास्थ्य सेवाको कमी, सिँचाइ तथा खानेपानी समस्या, उच्च युवा पलायन र विपद् जोखिम प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ। यी चुनौती समाधान गर्दै अधुरा योजनालाई पूर्णता दिने, प्रारम्भ भएका परियोजनालाई तीव्रता दिने र विकासलाई संस्थागत तथा दिगो बनाउने प्रतिबद्धता जनाइएको छ।

पूर्वाधार विकासअन्तर्गत दार्चुला–टिङ्कर सडक, महाकाली कोरिडोर, धनथला पुल, गोकुलेश्वर विमानस्थल पुनः सञ्चालन, झोलुङ्गे पुल निर्माण तथा प्रत्येक वडामा तीव्र गतिको इन्टरनेट विस्तारलाई प्राथमिकता दिने उल्लेख छ। जलविद्युत आयोजनामा लगानी आकर्षण, जनताको जलविद्युत कार्यक्रम कार्यान्वयन र सीमा क्षेत्रका पूर्वाधार सुदृढीकरणमार्फत व्यापार र रोजगारी वृद्धि गर्ने योजना समेटिएको छ।

सीमा सुरक्षाको सन्दर्भमा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका विवाद कूटनीतिक पहलबाट समाधान गर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। कृषि क्षेत्रमा “एक स्थानीय तह, तीन उत्पादन” कार्यक्रम, जैविक खेती प्रवर्द्धन, कोल्ड स्टोर स्थापना, जडिबुटी प्रशोधन केन्द्र निर्माण तथा ‘फार्मदेखि फ्याक्ट्रीसम्म’ अवधारणा लागू गरी स्थानीय उत्पादनलाई उद्यमसँग जोड्ने योजना अघि सारिएको छ।

शिक्षा क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, ई–लर्निङ र एआई–मैत्री संरचना विकास, शिक्षक क्षमता अभिवृद्धि तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य क्षेत्रमा “घर–घर स्वस्थ” अभियान, जिल्ला अस्पतालमा विशेषज्ञ सेवा, टेलिमेडिसिन विस्तार, आपतकालीन उद्धार कोष स्थापना र एम्बुलेन्स सेवा सुदृढीकरणको योजना समावेश गरिएको छ।

युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्न “दार्चुला युवा उद्यम कोष”, स्टार्टअप अनुदान कार्यक्रम, डिजिटल इन्टर्नशिप तथा युवा संवाद मञ्च स्थापना गर्ने उल्लेख छ। खेलकुद क्षेत्रमा बहुउद्देश्यीय रंगशाला निर्माण, खेलाडीलाई एम्बासेडर घोषणा र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। साथै अपी हिमाल ट्रेकिङ रूट विकास, धार्मिक–सांस्कृतिक पदमार्ग निर्माण, होमस्टे प्रवर्द्धन तथा अपी–नाम्पा संरक्षण क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ।

सुशासन र पारदर्शिताका लागि सार्वजनिक बजेट ड्यासबोर्ड, अनलाइन गुनासो व्यवस्थापन प्रणाली, संघीय डेटा एकीकरण तथा पेपरलेस र क्यासलेस सेवा प्रणाली लागू गर्ने योजना प्रतिज्ञा पत्रमा उल्लेख छ। विपद् व्यवस्थापनअन्तर्गत पहिरो भू–नक्शाङ्कन, तटबन्ध निर्माण, पूर्वसूचना प्रणाली स्थापना र पुनर्वास कोष गठन गर्ने लक्ष्य राखिएको छ।

उम्मेदवारले संघीय सांसदका रूपमा गरेका कामको नियमित प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, नागरिकसँग प्रत्यक्ष संवाद कायम गर्ने र पारदर्शी नेतृत्व अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पाँच वर्षे दृष्टि ९२०८२–२०८७० अन्तर्गत “सम्भावनाको केन्द्र–समुन्नत दार्चुला” निर्माण गर्ने स्पष्ट कार्यदिशासहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य
राजनीति

एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

२०८२ फाल्गुन ९, शनिबार २१:२२
निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार
राजनीति

निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

२०८२ फाल्गुन ९, शनिबार २१:२२
राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

२०८२ फाल्गुन ९, शनिबार २१:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

२०८२ फाल्गुन ९, शनिबार २१:२२
रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

२०८२ फाल्गुन ९, शनिबार २१:२२
चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

२०८२ फाल्गुन ९, शनिबार २१:२२
कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

२०८२ फाल्गुन ९, शनिबार २१:२२
मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

२०८२ फाल्गुन ९, शनिबार २१:२२
कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

२०८२ फाल्गुन ९, शनिबार २१:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व