Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ९, शनिबार २१:०३
मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी अन्तरिक्ष निकाय ९नासा० ले आउँदो मार्च ६ तारिखमा चार अन्तरिक्षयात्रीसहितको आर्टेमिस–२ यान प्रक्षेपण गर्ने घोषणा गरेको छ । सन् १९७२ मा अपोलो–१७ मिसनमा अन्तिम पटक मानव चन्द्रमाको सतहमा पुगेको थियो । त्यसयता पहिलो पटक मानवसहितको अन्तरिक्षयान चन्द्रमाको परिक्रमा गर्ने यो मिसनले अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय शुरू गर्ने अपेक्षा छ ।

अपोलो कार्यक्रम सन् १९७२ मा समाप्त भएपछि चन्द्रमाको अन्वेषण लामो समयसम्म रोकियो । शीतयुद्धको समाप्तिपछि अन्तरिक्ष दौडको राजनीतिक र आर्थिक प्राथमिकता घट्दै गयो र अमेरिकाले आफ्नो ध्यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र मङ्गल ग्रह अन्वेषणतर्फ केन्द्रित गर्‍यो । यसका साथै चन्द्र अभियानको अत्यधिक लागत र प्राविधिक जटिलताले पनि दशकौँसम्म मानवयुक्त चन्द्र अभियान सम्भव हुन सकेन ।

यस १० दिने अभियानमा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच तथा एक क्यानाडियन जेरेमी ह्यान्सनले चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्कनेछन् । यो यात्रा मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा हुनेछ । नासाको ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटमार्फत प्रक्षेपण हुने यस यानले पृथ्वीको कक्षामा एक दिन बिताएपछि चन्द्रमातर्फ प्रस्थान गर्नेछ र अन्तमा प्रशान्त महासागरमा अवतरण गर्नेछ ।

यो अभियान सफल भएमा नासाले सन् २०२८ सम्म चन्द्रमाको सतहमा मानव उतार्ने आर्टेमिस–३ मिशन सञ्चालन गर्ने लक्ष्य राखेको छ । तर विशेषज्ञहरू यो समयसीमा अत्यन्त महत्त्वाकाङ्क्षी रहेको बताउँछन् ।

आर्टेमिस–३ का लागि एलन मस्कको स्पेसएक्स कम्पनीले स्टारशिप रकेटमार्फत चन्द्र अवतरण यान बनाउने सम्झौता गरेको छ तर स्टारशिपको विकासमा ढिलाइ भएकाले नासाले जेफ बेजोसको ब्लु ओरिजिन कम्पनीलाई पनि वैकल्पिक योजना तयार गर्न लगाएको छ ।

यसैबीच अमेरिका र चीनबीच चन्द्रमाको दक्षिणी ध्रुवमा पहिला पुग्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । चीनले सन् २०३० सम्म आफ्ना अन्तरिक्षयात्री चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ र यसका लागि निरन्तर प्रगति गरिरहेको छ । दुवै देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आधार शिविर स्थापना गर्ने योजना बनाएका छन् जहाँ पानीको हिमको उपस्थिति भएको अनुमान गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव
मुख्य समाचार

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

२०८२ फाल्गुन ९, शनिबार २१:०३
रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
मुख्य समाचार

रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

२०८२ फाल्गुन ९, शनिबार २१:०३
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण
मुख्य समाचार

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ९, शनिबार २१:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

२०८२ फाल्गुन ९, शनिबार २१:०३
रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

२०८२ फाल्गुन ९, शनिबार २१:०३
चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

२०८२ फाल्गुन ९, शनिबार २१:०३
कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

२०८२ फाल्गुन ९, शनिबार २१:०३
मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

२०८२ फाल्गुन ९, शनिबार २१:०३
कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

२०८२ फाल्गुन ९, शनिबार २१:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व