मुम्बई : आइसीसी टी२० विश्वकप २०२६ को समूह सी अन्तर्गतको अन्तिम खेलमा नेपालले स्कटल्यानडविरुद्ध पावरप्लेमा बिना कुनै विकेटको क्षति राम्रो सुरुवात गरेको छ।
मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले दिएको १७१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा बिना कुनै विकेटको क्षति ५६ रन बनाएको छ।
ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख २३ रनमा खेलिरहेका छन्। स्कटल्यान्डले पावरप्लेमा ४ वटा बलर प्रयोग गर्यो।










Discussion about this post