सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बङ्गलादेशलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको महिला एशिया कपको उपाधि

काठमाडौं : यू–१९महिला एसिया कपको उपाधि भारतले जितेको छ।आज बिहान भएको फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो।

भारतका लागि ओपनर गंगोदी तृष्णाले अर्थशतकीय पाली खेलिन् उनले उनले ४७ बलको सामना गर्दै ५२ रन बनाइन्। यस्तै मिथिला विनोदले १७ बनाइन्। बंगलादेशकी फर्जमा एस्मिनले चार विकेट लिइन्।

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो। बंगलादेशका लागिजयुरिया फेरडोसले २२ तथा फायोमिदा चोयाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

Mahakali Polytechnic

भारतकी आयुषी शुक्लाले ३ तथा परुनिका शुक्ला र शोनम यादवले समान २–२ विकेट लिए। पहिलो पटक एसिया कपमा सहभागी भएको नेपाल भने तेस्रो भएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds