सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमसँग हारे पनि कर्णाली एनपीएलको प्लेअफमा, काठमाण्डौ बाहिरियो

सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । सुदूरपश्चिमसँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाण्डौ भने लिग चरणबाट बाहिरिएको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । यस्तै ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १/१ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो । कर्णालीका जीशान मक्सूदले ३० रन बनाए । सुदूरपश्चिमका हरमीत सिंहले ३ विकेट लिए ।

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाण्डौ प्लेअफमा पुग्ने समीकरण बनेको थियो । योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।

अब पर्सि बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्राे स्थानकाे चितवन र चाैथाे स्थानकाे कर्णाली खेल्नेछन् । याे खेलकाे विजेता दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेली बाहिरिनेछ । पर्सि नै दिउँसाे १ बजे शीर्ष स्थानकाे सुदूरपश्चिम र दाेस्राे स्थानकाे जनकपुरबीच खेल हुनेछ । याे खेलकाे विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टाेलीले इलिमिनेटरकाे विजेतासँग दाेस्राे क्वालिफायरमा खेल्नेछ ।

Mahakali Polytechnic

दाेस्राे क्वालिफायर खेल आउँदाे बिहीवार दिउँसाे १२ बजे हुनेछ । याे खेलकाे विजेता फाइनलमा पुग्नेछ भने हार्ने टाेली बाहिरिनेछ । फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds