सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंसिर ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ३०, २०८१ । ई.सं. 15 Dec, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ थिंलाथ्व । कालयुक्त दक्षिणायन हेमन्त । आइतबार मार्ग शुक्लपक्ष । तिथि पूर्णिमा १४:३८ बजेसम्म, त्यसपछी प्रतिपदा । नक्षत्र मृगशिरा ०३:३१ बजेसम्म, त्यसपछी आर्द्रा । योग शुभ ०३:४७ बजेसम्म, त्यसपछी शुक्ल । करण वव १४:३८ बजेसम्म, त्यसपछी वालव ०१:५७बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि वृष । आनन्दादि योग सौम्य । दिनमान १०:२१ । सूर्योदय ६:४८ । सूर्यास्त १७:०९ । धान्य पूर्णिमा, धान्यपर्वतदान (धनेश्वरमेला), गैडु पूजा, थिल्ला पुन्हि, य:मरी पुन्ही,उँधौली पर्व, चम्पादेवी मेला, रानिकोट (भक्तपुर्) बाघ भैरव पर्व, भक्तपुर्मै अनन्तमिङेशोर मेला, वारामा गढिमाई मेला समप्त । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ। आजको शुभ रंग गुलाबि हो भने शुभअंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक वर्गबाट प्रशंसा र सहयोग मिल्नुका साथै आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अङ्क ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरूको प्रभाव बढ्ने छ। नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू मिल्ला। कार्यक्षेत्रमा अतिरिक्त काम गर्नुपर्ने हुन्छ। धन खर्चको योग छ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ७ रहेको छ।

Mahakali Polytechnic

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजका दिन व्यावसायिक योजनाहरू सफल रहनेछन् जसले गर्दा आत्मविश्वास बढ्ने छ। पठन-पाठनको लागि समय उत्तम रहेको छ। शत्रुहरू परास्त हुनेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

World Link Ads

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज हजुर भित्रबाट ऊर्जावान हुनुहुन्छ। समयभन्दा अघि काम पूरा हुनेछन्। शिक्षा वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ। समाजको माङ्गलिक कार्यमा सहभागी हुने प्रयास गर्नुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। अदालतमा चलिरहेको मुद्दा हजुरको पक्षमा आउने योग छ। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक भ्रमणको योग छ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ७ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तसँग रमाइलो भेटघाट हुनेछ। जीवनसाथी वा सन्तानलाई लिएर चिन्ता रहनेछ। नोकरी वा कारोबारमा दिन अनुकूल रहेको छ भने साँझ सम्म कुनै अप्रत्यासित लाभ मिल्ने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हजुरलाई सबै क्षेत्रमा सफलता मिल्ने योग छ। समाजमा प्रतिष्ठा बढ्नको साथै खान-पानको लागि धन खर्चको योग छ। वैवाहिक जीवन अनुकूल रहेको छ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक पक्ष मजबुत रहनेछ। व्यापारमा पुरानो समयदेखि रोकिएका काम बन्नेछन् तर स्वास्थ्यलाई लिएर लापरवाही न गर्नुहोला । मित्रको सहयोगले लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गरेको कामबाट लाभ हुनेछ। आम्दनीका स्रोत बढ्नुको साथै स्वास्थ्य सबल रहनेछ। जानकारको सल्लाहले नै नयाँ निर्णयहरू लिनुहोला। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अचानक नयाँ काम नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। वाहन चलाउँदा सावधान रहनुहोस्। लामो दूरीको यात्रा गर्दाखेरि सामानको ध्यान राख्नुहोस्। भूमि-भवनको किनबेचमा कागजी कारबाहीमा ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज छोटो समयमा ठूलो काम हात लागि पर्नेछ। हिम्मतले काम अगाडि बढाउनुहोला। लगनशीलतामा कमी नल्याउनुहोस्। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। चलचित्र र मिडियाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds