सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेडियन्ट माविद्वारा एमबिबिएस अध्ययन गर्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका ललित सार्कीलाई आर्थिक सहयोग 

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले एमबिबिएस अध्ययन गर्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका ललित सार्कीलाई आर्थिक सहयोग गरेको छ। एमबिबिएस अध्ययन गर्न आर्थिक समस्या भोगिरहेको बेला विद्यालयले रू ८० हजार सहयोग गरेको विद्यालयले जनाएको छ।

No description available.

विद्यालयका शिक्षक टिका दहालले  ५१ हजार शिक्षक र कर्मचारीबाट सङ्कलन गरी तथा २९ हजार विद्यार्थीहरूले सङ्कलन गरि सार्कीलाई उक्त सहयोग हस्तान्तरण गरिएको बताए।  सार्कीले कक्षा ११ र कक्षा १२ रेडियन्ट माध्यमिक विद्यालयमा नै अध्ययन गरेका थिए । आर्थिक समस्या भइरहेको बेला आफूले अध्ययन गरेको विद्यालयले सहयोग गरेकोमा सार्कीले विद्यालय तथा सम्पूर्ण विद्यार्थीहरूप्रति आभार प्रकट गरेका छन्। 

No description available.

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds