सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफू अनुकुल प्रयोग गरे दुनियाँले मलाई ….

कहिले नजानी कहिले जानीजानी बनाए
सपनाहरू पोलेर आगोमा खरानी बनाए

कति सपना त हिट्दा हिट्दै छुटे सफरमा
कति आफूसँगै बोकेर हिँडे निसानी बनाए

आफ्नै प्रेमको हत्या गरे हत्यारा कहलिए
आफै साक्षी बने आफैलाई जमानी बनाए

तिमीले बस्ती बसाउन मन भए आए भो
भएको यो एउटा मुटु पनि ऐलानी बनाए

Mahakali Polytechnic

आफू अनुकुल प्रयोग गरे दुनियाँले मलाई
कतिले ठेकी बनाए, कतिले मदानी बनाए

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.