सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटकको पर्खाइमा आलिताल

भोजराज पन्त

डडेल्धुरा, आलिताल – डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिका वडा नम्बर ३ मा पर्ने आलिताल पर्यटकीय तथा धार्मिक ताल हो । आलिताल जति पर्यटकीय रुपमा प्रसिद्धत्यतिनै धार्मिक रुपमा पनि आफ्नो महत्व बोकेको छ । 

आलितालमा घुम्न आउने आन्तरिक एवम वाह्य पर्यटक दैनिक ५० जना भन्दा वढी आउने गरेको तालका पाले गगन सिंह पुनले बताए । अहिले दैनिक पर्यटक आउने क्रम बढेको छ । पहिला पहिला स्थानीय मात्र आउने गरेको र अहिले जिल्ला बाहिरका र भारती पर्यटक पनि आउने गरेको पाले पुनले  बताए ।  आलिताल हेर्न आउने पर्यटकलाई बाँसुरीको धुन सुनाई मनोरञ्जन गराउदै आइरहेका पुनले बताए

Mahakali Polytechnic

यहाँ पर्यटकहरूको सुविधाको लागी तालको चारैतिर पक्की पदमार्ग र भ्युटावर समेत बनाएको छ । 

World Link Ads

धार्मिक रुपमा पनि भक्तजन आउने क्रम पनि पहिलेको भन्दा बढेको छ यहाँ भगवती, समैजी, ब्राहदेवताको सङ्गत ठाँउ भएकाले धार्मिक रुपमा पनि त्यतिनै महत्व बोकेको छ । भक्तरूले साँचो मनले सोच्यो भने मनोकामना समेत  पुरा हुने विश्वास रहेको छ ।

Sana Kishan

आलितालको जति प्रचार प्रसार हुनुपर्ने त्यति प्रचार प्रसार नभएको गाँउपालिकले अझै प्रचार प्रसारमा जोड दिनु पर्ने आन्तरिक पर्यटक अम्बर थापा मगरले बताए


बैतडीको पाटन वाट आएका पर्यटक सन्देश भट्टले यो तालको छेउमा एउटा आलिताल लेखेको बोड समेत नराखिएकोमा दु:ख प्रकट गर्नु भयो हामी आलिताल पुग्यौ भन्ने कुरा फोटो वाट साथीभाइ सन्देश सजिलै फोटो वाट देखाउन सकिन्थ्यो । आलितालको सहि प्रचार प्रसार भयो भने यो तालबाट गाउँपालिकाको राम्रो आम्दानी समेत हुन सक्ने अर्का दार्चुला वाट आएका पर्यटक वीर बहादुर  धामीले बताए । 

आलितालमा डुंगा मा आलिताल घुम्ने रहरे आएका कञ्चनपुरका लोकराज बोहरा जव आलिताल पुगे तर त्यँहा डुंगा बिग्रीएको देखेर दिक्क लागेको उनले बताएबाटो पनि वेदकोट बुडर राजमार्ग देखी आलिताल जाने बाटो धुलाम्य रहेकोले बाटो फराकिलोकालोपत्रे हुनु पर्ने उनले बताए । अव स्थानीय सरकारले यथा सिघ्र डुंगा बनाई सञ्चालनमा ल्याउनु पर्ने र पर्यटकहरूको लागी बाटोमा सुधार ल्याउनू पार्नेमा जोड दिनु भयो ।

स्थानीय सरकार भएपछि आलितालमा पहिलेको भन्दा बढीनै  आन्तरिकपर्यटक को संख्या बढ्दोक्रममा रहेको छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds