एउटा चम्किलो नक्षत्रले भन्छ
आमा , तिमीजस्तै ममताकी खानी बन्न सकूँ,
सारा दुःख पार लगाउने एउटा नौंका बन्न सकूँ,
विद्यालय जान्छ अनि भन्छ
गुरु हजुरजस्तै ग्यान ज्योति बाल्न सकूँ
अन्धकार हटाइ सर्बत्र दीप प्रज्वलन गर्न सकूँ।
प्रकृतिको काखमा जान्छ अनि भन्छ
खोला तिमीजस्तै निरन्तर बड्न सकूँ
हिमाल झैं अडिग हुन सकूँ
दिनमा चाँदीझै टल्किने अनि सूर्यास्तमा सुन झै देखिने
त्यो तिम्रो तेजस्वी रत्न
अनि त्यसका केही अंश म धारण गर्न सकूँ
अनि ती तेजस्वी रत्नले
संसार उज्यालो पार्न सकूँ।
जब सुन्छन् यी कानले
कोटको दुई लोभी खल्ती भर्न,
चार पाउ टेक्दै धाउँदैछन् रे !
अनि त्यो कुर्सीमा झुन्डिन लालायित छन् रे !
भुडी नभरुन्जेल सबै बिकाउमा छन् रे !
हे ईश्वर!अब तिमी नै भन ,
यी राज्यका मतियारहरुबाट
कुशासनले जरो गाडेको अवस्थामा
म, हामी कहिल्यै पार पाउन सक्दैनौँ भने ,
म , हाम्रा इच्छा पनि परको क्षितिज झै
पूर्ण र पार पाउने चाहना तर ..
.. उत्तरपुस्तिका पल्टाए झै
पटकौंपटक..
पल्टिरहे पानाहरु
समय काल खण्ड बित्यो
तर फेरिएनन् पानाहरु ,
बोली फेरिए तर व्यबहार फेरिएन ।
– रन्जना लम्साल थापा









Discussion about this post