मेरी आमा स्वर्ग छन, परदेश मुल्या छोरा !
केई हालेई भावनी दैव, उल्टा हात होरा !!
आकाश उडन लाग्यो , भुईमा बस्ने काग !
धन्य हो अभाग्गी कर्म , प्रदेश लाग्यो भाग !!
बा आमा छाडेर गया , मेरो बालक पन !
एकलै परदेश का कुना , उदास लाग्छ मन !!
सुकिगया मुलका पानी , धारा झौ की कुवा!
आउन्या हनकी कैलै फर्की , मेरा आमा बुवा !
रातिमा हपना देख्छु, भेट्न आउनैन् दिन !
कसरी तिरौ ब ईजु , तमरा दुध की रिन !!
बालकालै परदेशी भया , साउको रिनले लाग्दा !
बा आमा सम्झने बेला , आँखा आँशु बग्दा !!
प्रदेश सेठको गाली , घर बुढी रूनी!
घर छोडी परदेशी आउनू , म गरिव को जुनी !
बगैचाभरी फल फुल्या, एक फुल गोगन !
भर छैन भरौसा छैन , यो प्रदेशी जोवन !!
नदि ठुली महाकाली , भिर ठुलो भासुको !
मोल तोल नहुन्या रैछ , बग्याका आँशुको !!
घर छुट्यो घरबार छुट्यो , परदेशीको बेहाल !
बित्या दिनको झल्को आउछ , धन्य माया जाल !!
——
-‘गणेश सिह पुजारा परदेशी जीवन (#देउडा_प्रेमी)—