Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २६, सोमबार ०८:२३
१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पद सम्हालेपछि अमेरिका सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने नीति अपनाएको छ। सोही नीति अन्तर्गत शनिबारसम्म १४० जना नेपाली डिपोर्टमा परेका थिए भने आइतबार थप ३७ जना पठाइएपछि यो संख्या १७७ पुगेको छ। एकैपटक चार्टर्ड विमानबाट डिपोर्ट गरिएका नेपालीको यो संख्या हालसम्मकै धेरै हो।

मानव तस्करी र अवैध बसोबासको सञ्जालमा परेका नेपाली

विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिका डिपोर्टमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न गिरोहको सञ्जालमार्फत करोडौं रुपैयाँ तिरेर अमेरिका पुगेका थिए। उनीहरू एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै तथाकथित “डंकी रुट” अपनाएर अमेरिका पुगेका थिए। नेपाल प्रहरीको अनुसन्धान अनुसार यस्तो अवैध बाटो अपनाउने धेरैजसो नेपाली रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, अर्घाखाँची जस्ता जिल्लाका हुन्।

तिनीहरूले मानव तस्करीमा संलग्न गिरोहलाई १ करोड रुपैयाँसम्म तिर्ने गरेका प्रमाणहरू नेपाल प्रहरीको फाइलमा छन्। केही नेपाली भने विभिन्न भिसामा अमेरिका गइ त्यहाँ गैरकानुनी रूपमा बसेका थिए।

‘आइस’ मार्फत धरपकड, डिपोर्ट सूचीमा ३ हजार ५ सय नेपाली

ट्रम्प प्रशासनले इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) को माध्यमबाट २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र डिपोर्टको अन्तिम आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरूलाई प्राथमिकतामा राखेर धरपकड गरिरहेको छ। हाल डिपोर्टको सूचीमा करिब ३ हजार ५ सय नेपाली परेका छन्, जसमध्ये करिब २ हजार जना ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (TPS) मा छन्।

अमेरिकामा करिब ८ हजार नेपाली TPS अन्तर्गत बसिरहेका छन्। वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले डिपोर्टमा परेका नेपालीलाई ट्राभल डकुमेन्ट जारी गर्दै आएको छ।

आइतबारको संख्या अहिलेसम्मकै धेरै

अमेरिकी अध्यागमन कानुन उल्लंघनको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका थप ३७ नेपाली आइतबार मध्यराति चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका छन्। ओम्नी एयर इन्टरनेसनलको कल–साइन ‘एन–४८६ एएक्स’ भएको विशेष जहाजमार्फत ३२ पुरुष र ५ महिलालाई अमेरिका सरकारले निष्कासन गरेर नेपाल फर्काएको हो।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार उक्त विमानले भारत र बंगलादेशका डिपोर्टमा परेका नागरिकलाई उनीहरूकै देशमा पुर्‍याएपछि अन्त्यमा ३७ नेपालीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २६, सोमबार ०८:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ जेष्ठ २६, सोमबार ०८:२३
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ जेष्ठ २६, सोमबार ०८:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व