कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन्।
उनले त्रिभुवन विमानस्थलको अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा पठाएर रकम असुलेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनको विषयमा आफूलाई नियोजित तरिकाले जोडेर झुट प्रचार गरिएको बताएका छन्।
शनिबार गृहमन्त्री लेखकको सचिवालयले जारी गरेको भिडिओमाा उनले त्रिभुवन विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई राजनीतिक जीवनमै एउटा मात्रै आर्थिक अनियमितता प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
‘यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणीत कसैले गर्यो भने भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भने।
मन्त्री लेखकले लाखौंको संख्यामा रहेको गृह मन्त्रालयका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले अनुसन्धान सुरू गर्न सक्ने बताए। तर कर्मचारीको विषयमा अनुसन्धान हुँदा मन्त्रीले राजीनामा गर्न सम्भव नहुने पनि उनले बताए।
यो बारेमा १३ गते संसदमा विस्तृत रूपमा भन्छु। ‘कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरू हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्दति बसाउने हो? त्यो सम्भव छ?,’ उनले भने।
मन्त्री लेखकले यसबारेमा संसदमा विस्तृत बोल्ने पनि जानकारी गराएका छन्।
‘यो बारेमा १३ गते संसदमा विस्तृत रूपमा भन्छु। बोल्नका लागि समय मागिसकेको छु,’ उनले भने।









Discussion about this post