विकास सिह महता, कञ्चनपुर – कञ्चनपुर जिल्ला फुटबल सङ्घको कार्यसमितिको बैठकमा खेलाडी अक्षय कोष र कञ्चनपुर जिल्लामा रहेका क्लबहरू लाई सूचीकृत गर्ने निर्णय गरेको छ।
शुक्रबार असोज ११ गते महेन्द्रनगर स्थित कलश होटेलको सभाहलमा कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा १३ औं कार्यसमिति बैठकमा विभिन्न एजेन्डा बिच छलफलका साथ खेलाडी अक्षय कोष र कञ्चनपुर जिल्लामा रहेका क्लबहरू लाई सूचीकृत गर्ने लगायतका निर्णय भएको हो।
खाता सञ्चालन तथा खेलाडी अक्षय कोष र कञ्चनपुर जिल्लामा रहेका क्लबहरू लाई सूचीकृत गर्ने सम्बन्धमा १३ औं बैठक बाट निर्णय भएको कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले बताएका छन्।
उनका अनुसार कञ्चनपुर जिल्ला फुटबल सङ्घलाई बाहिरी विभिन्न सङ्घ संस्थाहरू लगायत विभिन्न व्यक्तिहरूबाट संस्थालाई गर्ने आर्थिक सहयोगको रकम मध्ये खेलाडी अक्षय कोष स्थापना गर्न राष्ट्रिय वाणिज्य बैङ्क लि. महेन्द्रनगरमा खाता खोली सो खातामा रू १ लाख १ हजार जम्मा गर्ने र कञ्चनपुर जिल्लाको विभिन्न क्षेत्रमा फुटबलका विविध प्रकारका गतिविधि गर्ने क्लब सङ्घ संस्थाहरूले कञ्चनपुर जिल्ला फुटबल सङ्घमा सूचीकृत हुन चाहेमा सो कल्ब/सङ्घ संस्थाहरूलाई यस कञ्चनपुर जिल्ला फुटबल सङ्घमा सूचीकृत गर्ने लगायतका विविध विषयमा निर्णय समेत गरिएको छ।
बैठक बाट करन सिंह पालको कारवाही फुकुवा लगायतका विभिन्न एजेन्डा लगायत विविध विषयमा छलफल समेत भएको थियो। भने उक्त बैठक बाट गोबरधन भट्ट, गोपाल सिंह बिष्ट, हिमेश थापा र प्रकाश तामाङ गरि चार जना मानार्थ सदस्यमा समेत मनोनीत गरिएको कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले बताउनु भएको छ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घको बसेको बैठकले आउने प्रदेश लिगको तयारीमा जिल्ला लिग च्याम्पियन क्लबलाई कसरी तयारी गर्ने भन्ने बारेमा समेत छलफल गरिएको छ।
यसैगरी कञ्चनपुर जिल्ला फुटबल सङ्घले अनुशासन कारवाही मा परेका फुटबल खेलाडी करन सिंह पालको कारवाही फुकुवा आजकै मितिदेखि गर्ने समेत निर्णय भएको छ।