सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दै

एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल विहान पाैने ११ बजे दुबईमा हुनेछ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ।

पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।

Mahakali Polytechnic

सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुआतका दुवै खेल हारेको थियो। थाहा खबर बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds