सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले प्रवेस गरेको डेढ महिनामै माओवादी नेता योगी पुन माओवादीमै फर्किए

कञ्चनपु्र। नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता नरहरीनाथ योगी पुन माओवादीमै फर्किएका छन । कृष्णपुरका स्थानीय समेत रहेका माओवादी नेता योगी पुन माओवादीमै फर्किएका हुन । २२ असोजमा माओवादी परित्याग गरेर एमाले प्रवेस गरेका नेता योगी १६ मंसिरमा माओवादीमै फर्किएका छन । नेकपा माओवादी केन्द्र कृष्णपुरका इन्चार्ज एव कञ्चनपुरका नेता एव मजदुर नेता योगी एमाले पाटी महासचिव शंकर पोखरेल, पाटी सचिव लेखराज भट्टले पाटीमा प्रवेस गराएका थिए ।

शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै योगीले आफु पुन मुलघरमै फर्किएको बताएका छन । विभिन्न लोभ, प्रलोभनमा पारेर एमालेमा प्रवेस गराएको जनाउँदै उनले एमालेमा शक्तिवादको चरम क्षेत्रीयताले ग्रसित भएकाले उक्त पाटीमा बस्न नसकिने भएकाले पुन मुल घरमै फर्किएर पार्टीको काममा जुट्ने घोषणा गरेका छन । एमाले प्रवेस गरेको डेढ महिनामै माओवादीमा फर्किएका नेता योगीलाई माओवादी नेता कार्यकर्ताहरुले स्वागत गरेका छन । नेकपा माओवादी कञ्चनपुरका जिल्ला इन्चार्ज बिरभान चौधरी,संयोजक खेमराज पाण्डेय, माओवादी नेता एव सुप प्रदेश सभा निवर्तमान सदस्य महेश दत्त जोशी, माओवादी नेता अमिन दहित,रामदत्त भट्ट सहितका नेताहरुले मुलघरमा स्वागत गरेका छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds