सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिंकर नाका खुलाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

चीनसंग जोडिएको दार्चुलाको त्रिदेशीय टिंकर नाका खुलाउनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । कोरोनाकालदेखि बन्द रहेको नाका खुलाउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए ।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

तिंकर नाका सञ्चालनको मागका साथै तिंक सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्याँस गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए ।

दार्चुलाको तिंकर नाका भएर सदियौदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ । टिंकर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्याँस क्षेत्रका बसोवास गर्ने चार दर्जनभन्दा बढी व्यापारी व्यवसायीहरुका साथै सयौं स्थानीय वासिन्दाहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । ‘यो वर्ष रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारी भइरहेकाले टिंकर नाका पनि तत्काल खुलाउन तथा दार्चुलाका सीमावर्ती क्षेत्रका बासिन्दाको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।

Mahakali Polytechnic

टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकोले तत्काल टिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत माग गरिएको छ । टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनका लागि चीन सरकारसंग सहमतिको पहल गर्न माग गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । टिंकर नाका भएर ५ देखि ७ दिनभित्रै ५०–६० हजार रुपैयाँ खर्च गरेर पवित्र कैलाश मानसरोवर यात्रा गराउन सम्भव रहेको कुरा समेत प्रधानमन्त्रीलाई स्मरण गराइएको उनले बताए ।

World Link Ads

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्ड (७८ किलोमिटर लामो) को निर्माणकार्य आर्थिक वर्ष २०७८÷७९ देखि नेपाली सेनामार्फत भइरहेको छ । मित्रराष्ट्रहरु भारत र चीनको सीमाक्षेत्र जोडिने यो सडक खण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारबाट नेपाली सेनालाई रु नौँ करोड ५० लाख मात्रै बजेट उपलब्ध गराइएकोमा यो वर्ष जम्मा दुई किलोमिटर मात्रै सडकको नयाँ ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएको छ । नेपाली सेनाले वार्षिक लक्ष्यअनुसारको भौतिक र वित्तिय प्रगति छ महिनामै हासिल गरिसकेको छ र बजेट अभावका कारण गत पुस २६ गतेदेखि टिंकर सडक खण्डको निर्माण कार्य बन्द अवस्थामा छ ।

Sana Kishan

टिंकर सडक निर्माणमा नेपाल सरकारको नीतिगत प्राथमिकता भए पनि पर्याप्त बजेट उपलब्ध नहुदा नेपाली सेनाले द्रुतगतिमा सडक निर्माण गर्नसक्ने अवस्था नरहेको व्याँस गाउँपालिकाले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds