सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले विजयी बनेका हुन् । विजयी काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठ १४ हजार ७५५ मत पाएका छन् ।

दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् । प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ माओवादी केन्द्रका गंगा कार्की अगाडि देखिएका छन् । उनका निकटतम् प्रतिस्पर्धीमा एमालेका बालकृष्ण शिवाकोटी छन् उपहार खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds