सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेहा कक्करको कन्सर्टमा विवाद, ३ जना सञ्चालक ठमेलबाट पक्राउ

काठमाडौं– भारतीय गायिका नेहा कक्करको कन्सर्टमा विवाद भएको छ। आयोजकले क्षमताभन्दा टिकट विक्री गरेपछि कन्सर्ट विवादमा परेको हो। क्षमताभन्दा बढी टिकट बेचेर दर्शकलाई दुःख दिएको र लापरवाही गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडाैंले कार्यक्रम आयोजकका ३ सदस्यलाई नियन्त्रणमा लिएको छ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षमताभन्दा बढी टिकट विक्री गरेर लापरवाही गर्ने आयोजक मोडल दिपक घिमिरे, भूपिन कुँवर र रविन श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए। उनले प्रहरीले कन्सर्ट हेर्न नपाएका दर्शकको पैसा फिर्ता गराउन प्रयास गरिरहेको स्पष्ट पारे।

पारा माउन्ट इन्टरटेनमेन्टले भारतीय गायिका नेहा कक्कडलाई काठमाडौं ल्याएर शनिबार साँझ ठमेलस्थित एलओडी क्लबमा सांगीतिक कार्यक्रम गरेको थियो। तर, क्षमताभन्दा बढी टिकट काटिएको र क्लबमा खुट्टा राख्ने ठाउँ नभएपछि प्रहरीले करिब ४ सय जनालाई बाहिरै रोकेको थियो। ‘क्षमताभन्दा बढी टिकट काटिएको रहेछ। राती कार्यक्रम हुँदा सबैलाई भित्र जान दिइयो भने भागदौड हुनसक्थ्यो। प्रहरीले बाध्य भएर रोक्नुपर्यो’, एसएसपी सुवेदीले भने, ‘रोक्नेक्रममा उहाँहरुलाई हामीले जसले टिकट काटेर हेर्न नपाएका छन्, आयोजकबाट पैसा फिर्ता गराउँछौं भनेर सम्झाई बुझाई गरेर फिर्ता गरायौं।’

एसएसपी सुवेदीका अनुसार एलओडीको क्षमता १८ सय जना अट्ने थियो। करिब ५ सय जनाको भीड बाहिरै थियो। ‘टिकट काटेर हेर्न नपाएकाहरुलाई पैसा फिर्ता गर्ने प्रयास गरिरहेका छौं। आयोजकको लापरवाहीले यस्तो समस्या आउन पुग्यो’, एसएसपी सुवेदीले भने।

Mahakali Polytechnic

स्रोतका अनुसार कन्सर्टका क्रममा क्लबभित्र झडपसमेत भएको थियो। स्थितीलाई क्लबका बाउन्सरले नियन्त्रणमा लिएका थिए।

World Link Ads

पक्राउ परेका आयोजक मोडल दिपक घिमिरे नेहासँग:

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.