काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।

शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यस्तै, शनिबार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।










Discussion about this post