Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता तथा प्राकृतिक स्रोतको संरक्षणमा ग्रामीण महिलाको योगदान महत्वपूर्ण रहेको छ। ग्रामीण महिलाको यही योगदानको सम्मान गर्दै आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ।

यस वर्ष ‘प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसङ्घले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’का रूपमा घोषणा गरेसँगै कृषि तथा वातावरण संरक्षणमा महिलाको भूमिकाबारे थप चर्चा भइरहेको छ।

विश्वको खाद्य प्रणालीमा ग्रामीण महिलाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। खेतीपाती, पशुपालन, खाद्यान्न उत्पादन र परिवारको जीविकोपार्जनमा उनीहरूको योगदान उल्लेखनीय छ। यद्यपि, कृषि क्षेत्रमा सक्रिय रहे पनि धेरै महिलाको जमिनमाथिको स्वामित्व, कर्जामा पहुँच तथा आधुनिक कृषि प्रविधिको उपयोग अझै सीमित छ।

ग्रामीण महिलाहरू खाद्यान्न उत्पादनमा मात्र सीमित छैनन्। उनीहरूले माटो, पानी, वनजङ्गल, जैविक विविधता तथा स्थानीय बीउबिजनको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। परम्परागत ज्ञान र अनुभवका आधारमा प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरणमैत्री कृषि अभ्यासलाई निरन्तरता दिन उनीहरूको योगदान विशेष मानिन्छ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा विभिन्न चुनौती थपिँदै गएका बेला ग्रामीण महिलाको ज्ञान, सीप र अनुभव दिगो कृषि प्रणाली विकासका लागि उपयोगी बन्न सक्छ। प्राकृतिक स्रोतको संरक्षण गर्दै उत्पादन वृद्धि गर्न उनीहरूको सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ।

नेपालजस्तो कृषिमा निर्भर देशमा ग्रामीण महिलाले खेतबारीको काम, पशुपालन, घरपरिवारको हेरचाह तथा स्थानीय स्रोतसाधनको संरक्षणमा ठूलो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। तर उनीहरूको श्रम र योगदानअनुसार स्रोतसाधन, अवसर र निर्णय प्रक्रियामा पर्याप्त पहुँच सुनिश्चित हुन अझै आवश्यक छ।

दिवसले ग्रामीण महिलालाई कृषि क्षेत्रमा समान अवसर उपलब्ध गराउने, सीप तथा प्रविधिमा पहुँच विस्तार गर्ने, आर्थिक सशक्तीकरण बढाउने र नीतिगत निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ। ग्रामीण महिलाको अधिकार र क्षमताको विकासले कृषि उत्पादन, खाद्य सुरक्षा र वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउन सक्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह
अर्थतन्त्र

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

अशोज २९, २०८३
भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता
फ्ल्यास हेडिङ

भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता

अशोज २९, २०८३
नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो
अर्थतन्त्र

नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

अशोज २९, २०८३
भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता

भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट फिर्ता

अशोज २९, २०८३
नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो

नेप्सेमा सामान्य वृद्धि, सेयर कारोबार ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो

अशोज २९, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

अशोज २९, २०८३
दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व