काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्नुभएको हो।
भेटमा नेपाल–श्रीलङ्का सम्बन्ध थप सुदृढ बनाउने, व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपाली समुदायप्रति श्रीलङ्काले देखाएको सहानुभूति तथा उपलब्ध गराएको आर्थिक र मानवीय सहयोगप्रति श्रीलङ्का सरकार र नागरिकलाई धन्यवाद दिनुभएको छ।
दुवै मन्त्रीले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्दै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।










Discussion about this post