काठमाण्डौ । नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रिजेन्कोभले आ–आफ्नो सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्झौतामा हस्ताक्षरअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा नेपाल–बेलारुस द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।










Discussion about this post