सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ८ बजेको मापनअनुसार नदीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी बहावलाई जोखिमपूर्ण मानिन्छ। बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।
पूर्वी पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले पानीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी आसपासका क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।
लगातारको वर्षाका कारण जलसतह थप बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन प्रहरीले आग्रह गरेको छ। कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सवारीसाधनमा समेत सुरक्षा सतर्कता बढाइएको छ।











Discussion about this post